पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतकाे एउटा विद्यालयका प्रधानाध्यापक, छात्रावास रेक्टर, र चतुर्थ श्रेणीका कर्मचारीलाई निलम्बित गरिएकाे छ ।
पश्चिमी राज्य गुजरातमा रहेको सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीकाे अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । ६८ जना छात्रालाई कक्षाकोठाबाट शौचालयमा लगेर एक/एक गरी भित्री कपडा फुकाल्न लगाइएको खबरमा बताइएकाे छ ।
पीडित छात्राहरूका अनुसार महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै कलेजले यस्तो गरेको हो । कलेजको नियमअनुसार महिनावारी भएका महिलाहरूलाई मन्दिर तथा भान्सामा प्रवेश गर्न र अरु विद्यार्थीलाई छुन प्रतिबन्ध छ ।
खाना खाने बेला महिनावारी भएका महिलाहरूले अरूभन्दा पर बस्नुपर्छ । आफ्नो थाल आफैले माझ्नुपर्छ र कक्षाकोठाभित्र सबैभन्दा पछाडिको बेन्चमा बस्नुपर्ने हुन्छ ।
हरेक छात्राले महिनावारी भएको बारेमा एउटा फायलमा नाम लेख्नुपर्नेमा गएकाे दुई महिनादेखि कसैले पनि नाम नलेखेपछि कलेज प्रशासनले महिनावारी भए वा नभएको पुष्टि गर्न लगाएको बीबीसीले जनाएको छ ।
याे घटना गएकाे ११ फेब्रुअरीमा एसएसजीआई परिसरकाे छात्रावासमा भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।