पहिरोले महाकाली राजमार्ग अवरुद्ध

 साउन ९, २०७५ बुधबार ९:४४:२२ | रासस
unn.prixa.net

बैतडी – गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो । 

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण रातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार पानी परिरहेकाले समस्या भएको छ । 

अवरुद्ध सडक अपराह्नसम्म सडक पुनःसञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 
विसं २०६० असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर छ घर पूर्णरुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया