दर्शक क्षमताका आधारमा विश्वका पाँच ठूला फुटबल मैदान

 फागुन १०, २०७६ शनिबार १६:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा सबैभन्दा रुचाइएको खेलमध्ये फुटबल पहिलो नम्बरमा पर्दछ । पछिल्लाे समय फुटबलप्रतिकाे क्रेज अझ बढ्दो छ । विश्वका धेरै देशमा उत्कृष्ट फुटबल मैदानहरु रहेका छन् । तीमध्ये केही मैदानको दर्शक क्षमता निकै धेरै रहेका छन् ।

विश्वका धेरै दर्शक क्षमता भएका पाँच स्टेडियमहरु यस्ता छन् । 

१.रन्गार्डो फर्स्ट अफ मे स्टेडियम (उत्तर कोरिया)

उत्तर कोरियामा रहेकाे याे स्टेडियम उत्तर कोरियाको अन्तर्राष्ट्रिय खेल मैदान हो । सबैभन्दा धेरै दर्शक अटाउने विश्वका स्टेडियममा पर्ने यस मैदानको दर्शक क्षमता १ लाख १४ हजार रहेको बताइएको छ । यो मैदान उत्तर कोरियाको प्योङ याङमा रहेको छ ।

२.नोउ क्याम्प(स्पेन)

स्पेनको बार्सिलोनामा रहेकाे नोउ क्याम्प विश्वमा सबैभन्दा धेरै दर्शक अटाउने स्टेडियममध्ये एक हो । स्पेनिस क्लब बार्सिलोनाको घरेलु मैदान रहेको नोउ क्याम्पको दर्शक क्षमता ९९ हजार ३५४ रहेको बताइन्छ । यो स्पेनको शहर बार्सिलोनामा रहेको छ । 

३.रोज बोल स्टेडियम (युएसए)

अमेरिकामा रहेको याे स्टेडियमको दर्शकक्षमता ९० हजार ८८८ रहेको बताइएको छ । अमेरिकाको सबैभन्दा ठूलो मैदान रोज क्यालिफोर्नियाको पासाडेनामा रहेको छ।

४.सिग्नल इडुना पार्क (जर्मनी)

बुन्डेसलिगा क्लब बोरुसिया डार्टमन्डको घरेलु मैदान इडुना पार्क जर्मनीको डार्टमन्डमा रहेको छ । प्रायजसो भरिभराउ हुने इडुना पार्कको दर्शक क्षमता ८१ हजार ३६५ रहेको छ ।

५.सान्टियागो बेर्नाबेउ(स्पेन)

विश्वको सबैभन्दा धेरै दर्शक अटाउने मैदानमध्ये स्पेनको अर्को मैदान बेर्नाबेउ पनि पर्दछ । बेर्नाबेउ स्पेनिश क्लब रियल मड्रिडको घरेलु मैदान हो । स्पेनको मड्रिडमा रहेको यस मैदानको दर्शक क्षमता ८१ हजार ४४ रहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया