प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

 फागुन १०, २०७६ शनिबार १६:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा शनिबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गर्नुभयो । आफ्नो ६९ औं जन्मदिनको अवसरमा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा विकास र समृद्धिका विषयबस्तु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेट्नुभएको छ । 

कल्पना र कार्यान्वयन, मित्रता र कुटनीति, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पुस्तकमा समेटिएका छन् ।

पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गर्नुभएका सम्बोधनहरु समावेश रहेका छन् । २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । 

पुस्तक विमोचन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा सबैथोक रहेको तर योजनालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका ९० वर्षीय बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर पनि सार्वजनिक भएको थियो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा ओलीका ९० वर्षीय बुवाले मञ्चमा उक्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर पनि सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले आइतबार जन्मदिन मनाउँदै हुनुहुन्छ । जन्मदिनको अघिल्लो दिन पुस्तक सार्वजनिक भएको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया