खेल जीवनकाे १००० औं खेल खेल्दै रोनाल्डो !

 फागुन १०, २०७६ शनिबार १९:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पोर्चुगलको राष्ट्रिय फुटबल टीम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो शनिबार आफ्नो फुटबल करियरको १००० औं खेल खेल्दैछन् । 

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदानमा उत्रदै रोनाल्डोले करियरकाे एक हजार खेलको कोशेढुङ्गा पार गर्नेछन् । पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका राेनाल्डाले सन् २००८ मा पहिलो पटक फिफा बेलोन ‘डी’ ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले पाँच पटक बेलाेन ‘डी’ ओर जितिसकेका छन्। 

हालसम्म ९ सय ९९ खेल खेलिसकेका रोनाल्डोले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन् । जसले उनले अहिलेसम्म ७ सय २४ गोल गरेका छन् ।

उनले सन् २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका थिए । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। राेनाल्डाेलाई विश्वकै महान फुटबल खेलाडीहरुमध्ये एककाे रुपमा लिइन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया