सुनको भाउ अहिलेसम्मकै महँगो, यही हप्ता ताेलाकाे ८० हजार पुग्ने अनुमान

 फागुन ११, २०७६ आइतबार १०:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे केही दिनयता सुनको भाउ बढेकाे बढ्यै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन ।

सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ आज हिजोको भन्दा १८ डलरले बढेर प्रति औंस १६ सय ४४ डलर पुगेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल हुन्छ । 

चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।

यस्तै चाँदी आइतबार ताेलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया