काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चिकित्सकले सिफारिस नगरि एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक औषधि खानेको सङ्ख्या बढ्दै गएको छ ।
नेपालमा एन्टिबायोटिकको जथाभाबी बिक्री र प्रयोग हुँदै आएको चिकित्सकले बताएका छन् । एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) का कारणहरु
– चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक सिफारिस (प्रिस्क्राइव) गर्नु ।
– बिरामीले उपचार बीचैमा छाड्नु ।
– पशुपंक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु ।
– सरसफाइ तथा स्वच्छताको अभाव हुनु ।
– नयाँ एन्टिबायोटिक उत्पादन नहुनु ।
– स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकताभन्दा बढी औषधि सिफारिस गर्नु ।
– एन्टिबायोटिक उपचार निर्देशिका नहुनु ।
– एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन/अनुसन्धान नहुनु ।
– नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङ्क नहुनु ।
प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा
– आधिकारिक स्वास्थ्यकर्मीको ‘प्रेस्क्रिप्सन’ मा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने, स्वास्थ्यकर्मीसँग अनावश्यक एन्टिबायोटिक माग नगर्ने ।
– नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने र खोप नियमित लगाउने ।
स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुरा
– सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्ने ।
– आवश्यक बिरामीलाई मात्र एन्टिबायोटिक ‘प्रिस्क्राइव’ तथा वितरण गर्ने ।
– बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) को बारेमा बताउने ।
– जिवाणु प्रतिरोधी सङ्क्रमणको बारेमा निगरानी गर्ने टिमलाई जानकारी गराउने ।
– बिरामीलाई सङ्क्रमण रोकथामको लागि बताउने ।
( विना न्यौपानेले त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जको फार्माकोलोजी विभागका प्रमुख डाक्टर सतीशकुमार देवसँग गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।