टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग लाखाैँ ठगी गर्ने पक्राउ

 फागुन ११, २०७६ आइतबार १४:४५:१३ | उज्यालो सहकर्मी

काठमाण्डौ - टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगेर भागेका मोरङका एक व्यक्ति पक्राउ परेका छन् ।

माेरङकाे रतुवामाई नगरपालिका-६ घर भएर काठमाण्डौ महानगरपालिका-६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेल टेकुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाण्डौले जनाएको छ । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२ जना व्यक्तिसँग ३९ लाख ५६ हजार रुपैयाँ लिएको उजुरीको आधारमा पाेखरेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । 

उहाँका अनुसार पोखरेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया