कोरोना भाइरसको असर : दक्षिण कोरिया जाने चालीस नेपाली कामदारको उडान सर्‍याे

 फागुन ११, २०७६ आइतबार १७:१८:२० | उज्यालो सहकर्मी

काठमाण्डौ - कोरोना भाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरिया जाने ४० जना नेपाली कामदारको उडान केही दिन सरेकाे छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दोब्बरले बढेपछि त्यहाँ जाने नेपाली कामदारको उडान एक हप्ताका लागि सारिएको हो । 

दक्षिण कोरियाले नै कोरोनाको संक्रमण फैलिएकोभन्दै नेपाली कामदारको उडान रोकेको ईपीएस कोरिया शाखाका बाबुराम घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो। 

रोकिएका नेपाली कामदारको उडानबारे अवस्था हेरेर मात्रै निर्णय लिने उहाँले बताउनुभयो । आइतबार सार्वजनिक बिदा भएकाले यो विषयमा दक्षिण कोरियासँग मंगलबार छलफल हुने घिमिरेले बताउनुभयो । 

यस्तै कोरियामा रहेका नेपाली कामदार कोरोना भाइरसको संक्रमण प्रभावित क्षेत्रमा रहे नरहेकाेबारे जानकारी लिने काम पनि भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया