कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा ‘हाब्रे’ को छालासहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो साढे ३ बजेको समयमा काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका १२ कपनको खरिबोटबाट उनीहरुलाई पक्राउ गरेको हो । सूर्यबहादुर भुजेल, सुकबहादुर लामा, कमला तामाङ र युवराज सापकोट रेड पाण्डाको छालासहित पक्राउ परेका हुन् ।
सूर्यबहादुर भुजेल सिन्धुली, सुकबहादुर लामा धादिङ, युवराज सापकोटा कास्की र कमला तामाङ काठमाण्डौका बासिन्दा भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेकामध्ये सूर्यबहादुर भुजेलले पछाडि बोकेको कालो रङ्गको झोलाभित्र निलो प्लास्टिकमा बेरेर राखेको अवस्थामा रेड पाण्डाको छाला एक थान बरामद गरेको हो ।
Sonam Lama
Feb. 25, 2020, 10:17 p.m.This is not a panda skin. This is a skin of flying squirrel.