वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले बढेको छ ।
परिसूचक मंगलबार ४३ दशमलव ०२ अंकले बढेर १५ सय ४५ दशमलव १९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ८ दशमलव ७५ अंकले बढेर ३२६ दशमलव ५६ बिन्दुमा पुगेको छ। मंगलबार भएकाे १८० कम्पनीको कारोबारमा झण्डै ३ अर्ब रुपैयाँ बराबरकाे ७० लाख ५९ हजार ७१२ कित्ता शेयर किनबेच भएका छन् । मंगलबार कारोवार भएका १२ उपसमूहकै सेयर कारोबार बढेको छ ।
हिमालयन डिस्टिलरीको मंगलबार सबैभन्दा धेरै १६ करोड ३३ लाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ३६ लाख १५ हजार रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ६५ लाख ३४ हजार रुपैयाँ र नेको इन्स्योरेन्सको नौ करोड ४२ लाख ७७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बजार बढ्दा पनि दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ३ दशमलव ६ प्रतिशत गुमाएका छन् ।