डाक्टर केसीको अनसन कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन : योगेश भट्टराई

 साउन ९, २०७५ बुधबार १७:४५:३१ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको गम्भीर आरोप लगाउनु भएको छ ।

सरकारविरुद्धको राजनीतिक ग्रान्ड डिजाइन भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ । उहाँले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्ष सरकारको विकल्प खोज्ने चेष्टा नगर्न पनि कांग्रेसलाई चेतावनी दिनुभयो । नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने पनि स्पष्ट पार्नु भयो ।

नेता भट्टराईले कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि आग्रह गर्नु भयो ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया