सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भैसक्याे : मन्त्री अर्याल

 फागुन १६, २०७६ शुक्रबार १३:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ ।

शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो ।

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टीमले काम अन्तिम चरणमा पुर्‍याएको उहाँले बताउनुभयो । पहिलो पटक नापनक्साको काम लाइडर नापीजस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ । 

सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि मन्त्रालयले कानुन बनाएको र कार्यान्वयनको चरणमा रहेको छ । भूमि मन्त्रालयबाट अर्थमन्त्रालयमा आयोग गठन आदेश पुगिसकेको जानकारी उहाँले दिनुभयो । यसका लागि आयोगमात्रै नभएर आयोगलाई सहयोग पुग्ने संयन्त्र बनाएर अगाडि बढ्ने प्रयास भएको मन्त्री अर्यालले बताउनुभयो ।

सरकारले २८४ बिघा जग्गा सरकारको नाममा फिर्ता लिएको मन्त्री अर्यालले बताउनुभयो । २८४ बिघा ५ कट्ठा १५ धुर जग्गा सरकारले फिर्ता आफ्नो नाममा ल्याउको उल्लेख गर्दै मन्त्री अर्यालले नेपाल सरकारको नाममा कायम गर्न १३ बिघा १८ कट्ठा १ धुर जग्गा रोक्का राखिएको बताउनुभयो ।

हदबन्दीभन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा सरकारको नाममा कायम गर्न रोक्का राखिएको छ ।

सहकारी ऐन संशोधनको तयारी गरेको मन्त्री अर्यालले बताउनुभयो । वित्तीय कारोबारसँग जोडिएका कुराहरु पनि संशोधन मार्फत सम्बोधन हुने उहाँले बतानुभयो ।

गुठी विधेयक समेत समेटेर एकीकृत भूमि ऐन ल्याउन लागिएको उहाँले बताउनुभयो । पछिल्लो समय पटक पटक सरोकारवाालसँग भएको छलफलमा सहमति जुटेपछि एकीकृत ऐन ल्याउन लागिएको उहाँले बताउनुभयो ।

‘सँगै जाउँ भन्ने कुरामा सहमत हुनुहुन्छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ । उपत्यकालाई केन्द्रित गरेर भोलि समस्या नआओस् भनेर मन्त्रालयले सुझाव समिति बनाउने निर्णय पनि गरेको छ । एकीकृत कानून निर्माणको प्रक्रियामा छौँ’, उहाँले भन्नुभयो ।  

समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा लामो अनुभव भएका योग्य व्यक्तिहरुलाई नियुक्त गरिएको बताउनुभएको छ । लामो समय सहकारी क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरु समितिमा ल्याएको उल्लेख गर्दै अर्यालले निजामतितर्फ ११ औँ तहको सेवा पूरा गरेको र चार्टर्ड एकाउण्टेन्ट गरी दुई जना नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

आयोगले काम गर्ने विश्वासका साथ अनुभव भएका व्यक्तिहरु नियुक्त गरिएको उहाँले बतानुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया