सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - शेयर बजारमा यो हप्ता उल्लेख्य सुधार भएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको हाे ।
यो हप्ताको कारोबार हुने पहिलो दिन आइतबारदेखि बिहीबारसम्ममा नेप्से परिसूचक १२८ अंकले बढेको छ । आइतबार १५ सय ४ बिन्दुमा रहेको परिसूचक बिहीबार १६ सय ३२ दशमलव १८ बिन्दुमा आएर कारोबार बन्द भएको छ ।
यो हप्ता १८ अर्ब ६४ करोड रुपैयाँभन्दा धेरैका शेयर किनबेच भएका छन् । कारोबारको पहिलो दिन आइतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँका ८७ लाख ६९ हजार कित्ता शेयर किनबेच भएका थिए । यस्तै दोस्रो दिन सोमबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरकाे ८३ लाख ४८ हजार कित्ता शेयर किनबेच भयाे ।
मंगलबार ३ अर्ब रुपैयाँ बराबरकाे ७० लाख ५९ हजार ७१२ कित्ता शेयर र बुधबार ४ अर्ब १५ करोड, ४८ लाख रुपैयाँका ९९ लाख ६ हजार कित्ता शेयर किनबेच भएका छन् । बिहीबार कारोबारको अन्तिम दिन ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँका १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर किनबेच भएको थियो ।
यो अहिलेसम्मकै उच्च कारोबार हो ।