प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै पुग्नुभएको थियो ।
भेटमा उहाँहरुबीच पार्टीको आन्तरिक र समसामयिक विषयमा छलफल भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। यस अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको बैठकमा पनि नेता नेपाल सहभागी हुनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली बाहेकका शीर्ष नेता सहभागी थिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गराउने निर्णय गरेको बुझिएको छ ।
यसैबीच, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई नभएको बताउनुभएको छ । उहाँले सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो ।