डाक्टर केसीपक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन, अर्को वार्ता अनिश्चित

 साउन ९, २०७५ बुधबार १७:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकार र डाक्टर गोविन्द केसीपक्षबीच बुधबार भएको वार्ता निश्कर्षविहीन भएको छ ।

शिक्षा मन्त्रालयमा झण्डै चार घण्टासम्मको वार्ता निष्कर्षविहिन भएको हो । शिक्षा मन्त्रालयमा २६ दिनदेखि खनसनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीपक्षबीच भएको वार्त बुधबार पनि निष्कर्षविही भएको हो ।

मंगलबार दिउँसो पनि केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता भएको थियो । मंगलबारको वार्ता दुवै पक्षले सकारात्मक भएको बताएका थिए । तर बुधबारको वर्तामा सरकारी वार्ता टोलीको लचकता नदेखिएको केसीपक्षले आरोप लगाएका छन् । सरकारी वार्ता टोलीले  चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा गइसकेकाले फिर्ता गर्न नमिल्ने र विधेयकमा संशोधन गर्न पनि हच्किएपछि वार्ता निष्कर्षविहीन भएको डा. केसी पक्षका वार्ता टोलीका संयोजक अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

सुरुमा विधेयक संशोधन गर्न तयार देखिएको सरकारी वार्ता टोलीले डाक्टर केसी पक्षले बुझाएको संशोधनका बुँदापछि वार्तामा लचकता नदेखाएको केसी पक्षको आरोप छ । यसअघि दिउँसो २ बजेदेखि सुरु भएको वार्ता चार बजेपछि एक घण्टाका लागि स्थागित भएको थियो । त्यसपछि भएको वर्ता निष्कर्षविहीन भएको हो ।

तर सरकारी वार्ता टोलीले वार्ता सकारात्मक भएको र डाक्टर केसीका मुख्य मागमा सहमति नजिक पुगेको जनाएका छन् । वार्तामा डा। केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन् । डा। केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे सहभागी हुनुहुन्छ ।

डाक्टर केसीको अवस्था अन्त्यन्तै कमजोर बनेकाले दुवै पक्षले आजै सहमति गर्ने योजनासहित वार्तामा बसेका थिए । सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा रहेका प्रावधानहरू संशोधन गर्ने र डा. केसीका माग समेत समेट्ने जनाएको छ । डाक्टर केसी अनसनमा बसेको बुधबार २६ दिन भइसकेको छ । केसीको समर्थनमा आवासीय डाक्टरहरु पनि आन्दोलनमा छन् ।

डाक्टर नै आन्दोलनमा निस्कदा बिरामी मर्कामा परेका छन् । डाक्टर केसी पक्षले विज्ञप्ति निकाल्दै सरकारी पक्ष गैर जिम्मेवार र संवेदनविहीन भएर वार्तमा बसेका कारण वार्त सफल नभएको जनाएइएको छ । डाक्टर केसीपक्षले सरकारी वार्त टोलीले संवेदनशील समयमा आएर स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने काम गरेको आरोप लगाएको छ । डाक्टर केसीपक्षले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने बताएको छ । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया