काेराेना त्रास : भ्रमण वर्षका लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित

 फागुन १७, २०७६ शनिबार १२:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यपी बनेकोले देशबाहिर भैरहेका औपचारिक कार्यक्रम स्थगित गरिएको पर्यटनमन्त्री योगेश भटराईले काठमाण्डौमा भएको एक कार्यक्रममा जानकारी गराउनुभएको हो ।

भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघसस्था तथा निकायले गर्ने कार्यक्रम स्थगित गरिएको नेपाल भ्रमण वर्ष सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री भटराईले नेपाल भ्रमण वर्षलाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको पनि बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया