‘नेकपा नेता रावललाई धनगढी विमानस्थलको भीआइपी कक्ष प्रवेशमा रोक’

 फागुन १७, २०७६ शनिबार १६:३२:१५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - नेकपाका सुदूरपश्चिम इन्चार्ज समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाइएको छ । 

शनिबार बिहान काठमाण्डाैबाट धनगढी आउनुभएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको गुनासो गर्नुभएकाे हाे । पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले आफूलाई भीआईपी कक्षमा प्रवेश गर्न नदिएको गुनासो गर्नु भएको हो । 

राष्ट्रपतिको सुरक्षा व्यवस्थाको बारेमा पूर्वजानकारी नदिइएको र विमानस्थलको भीआईपी कक्षमा प्रवेश गर्न दिएर अपमान गरिएको उहाँको दुखेसो छ। 

अर्काे सन्दर्भमा रावलले एमसीसीमा जनताको चासो बढेकोमा खुशी व्यक्त गर्नुभयो ।

एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताउँदै पार्टीको आधिकारिक धारणा नआएकाेले यस विषयमा आफू धेरै नबोल्ने उहाँले बताउनु्भयो ।

राष्ट्रियसभा सदस्य मनाेनयनबारे पार्टीकाे केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने रावलकाे भनाइ छ । नेता रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभयाे ।

उहाँले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएको बताउदै यसले पार्टी फुट्छ भन्नु तर्कसंगत नहुने बताउनुभयो ।

उहाँ सोमबार हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आउनुभएको हो । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया