खरिपाटी क्वारेण्टाइनमा राखिएका कसैमा संक्रमण भेटिएन : भोलि घर पठाउने तयारी

 फागुन १८, २०७६ आइतबार १६:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनको वुहानबाट ल्याएर भक्तपुरकाे खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना कसैमा कोरोना भाइरसको संक्रमण नभएको  जानकारी विश्वस्त सूत्रले दिएकाे छ । 

भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ७५ जनाको र्‍याल र रगतको दोस्रो पटक गरिएको नमूना परीक्षणमा कोरोना भाइरसको नेगेटिभ अर्थात भाइरसको संक्रमण नभएको पुष्टि भएको स्रोतले जनाएको छ । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ । 

भोलि बिहानसम्म आधिकारिक घोषणा गरेर सबैलाई घर पठाउने तयारी छ । गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेकाहरुको हिजो १४ दिन पुगेको छ । यसअघि गएको ४ गते उनीहरुको रगत र र्‍यालको परीक्षण गरिएको थियो । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गरिएको थियो । 

गएको ४ गते विहान चीनको वुहानमा रहेका १७५ जना नेपाली विद्यार्थीलाई नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेको थियो । त्यसपछि सिँधै उनीहरुलाई भक्तपुरको क्वारेन्टाईनमा लगेर राखिएको थियो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया