भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ - विश्वभर कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।
आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गर्नुभएको हो । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उहाँले बताउनुभएको छ ।
मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सिमानाबाट आउने र जाने प्रत्येक व्यक्तिलाई चेकमा कडाइ गर्ने तयारी गरेको छ । मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई जाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ ।
कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको छ ।
सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्बाद समेत प्रभावित हुने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sushil Shrestha
March 2, 2020, 6:07 a.m.स्वास्थ मन्त्री ज्यू को आग्रहलाई हामी सबैले अत्मसात् गर्नु पर्यो । हुलमुलमा ज्यान जोगाउनु ,अनिकालमा बीउ जोगाउनु उक्ति लाई स्मरण गर्नु पर्यो ।
Pitambar
March 2, 2020, 5:56 a.m.नेताहरुको काम भन्दा कुरा मात्र /