सफल मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई माेदीको शुभकामना

 फागुन १९, २०७६ सोमबार ११:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको सफल प्रत्यारोपणको लागि शुभकामना दिनुभएको छ ।

ट्विटरमार्फत् सोमबार बिहान शुभकामना दिनुहँदै भारतीय प्रधानमन्त्री मोदीले प्रत्यारोपणपछि चाँडो स्वास्थ्य लाभ गर्न पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिनुभएको हो ।

भगवान पशुपतिनाथले तपाईंलाई राम्रो स्वास्थ्य, सुखी र धेरै लामो जीवन प्रदान गरोस् भन्ने शुभेच्छा पनि मोदीले आफ्ना नेपाली समकक्षीका लागि प्रकट गर्नुभएको छ । 

भारतीय प्रधानमन्त्रीले आउँदा दिनमा भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान ओलीले निरन्तर योगदान गरेको हेर्न चाहेको समेत ट्विटरमा उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक सेन्टरमा हुने तय भएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि उहाँ आज सोमबार सेन्टरमा भर्ना हुनु हुने छ ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया