गाँजामाथिकाे प्रतिबन्ध फुकुवा गर्न संसदमा विधेयक दर्ता

 फागुन १९, २०७६ सोमबार १३:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । 

पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गर्नुभएको निजी विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषाधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ । 

तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरुसँगै समग्र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपाल पनि गाँजामा लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उहाँले बताउनुभयो । अमेरिका, क्यानडा लगायत विश्वका ४० देशले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । कानुनमा उत्पादनका सीमा, प्रयोगका शर्तहरु उल्लेख भएकाले जथाभाबी नहुने उहाँले बताउनुभयो । 

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा एक किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाउने बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया