काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - शेयर बजार सोमबार ६ प्रतिशतले घटेको छ । बजार खुलेदेखि नै ओरालो लागेको शेयर बजारमा दुई पटकसम्म नकारात्मक सर्किट ब्रेक लागेपछि साढे १ बजे नै कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
केही दिनदेखि उल्लेख्य सुधार भइरहेको शेयर बजार सोमबार भने ६ दशमलव ०४ प्रतिशतले ओरालो लागेको हो । बजार ५ प्रतिशतले घटेपछि दिउँसो १२ बजेर ४६ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेक लागेको थियो । झण्डै ४० मिनेट बन्द भएर कारोबार सुरु भएको बजार फेरि घटेपछि दिउँसो १ बजेर २९ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको हो ।
साेमबार नेप्से परिसूचक ९६ दशमलव ०६ अङ्कले घटेर १४ सय ९५ दशमलव ३० अङ्कमा झरेको छ । नेप्से परिसूचक आइतबार पनि झण्डै ४१ अङ्कले घटेको थियो । साेमबार सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६ सय ९० दशमलव ३० र निर्जीवन बीमा समूहको उपसूचक ५ सय २४ दशमलव ७३ अङ्कले घटेको नेपाल स्कट एक्सचेञ्जले जनाएको छ ।
साेमबार दुई अर्ब १५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो आइतबारभन्दा झण्डै तीन अर्ब कम हो । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको साेमबार सबैभन्दा धेरै १५ करोड ६८ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ।
प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेड लगायत १६ कम्पनीका शेयर लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै गुमाएको दिन सूचीकृत धिताेपत्र एनआईसी एसिया ब्यालेन्स फण्डका लगानीकर्ताले भने झण्डै २ प्रतिशत कमाएका छन् ।
यस्तै खानीखोला हाइड्रोपावर र श्री इन्भेस्टमेण्ट फाइनान्सका लगानीकर्ताले पनि सामान्य कमाए पनि बाँकी सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
केही दिनदेखि बढिरहेको शेयर बजार घट्नुको खास कारण नभए पनि अर्थ मन्त्रीमा डाक्टर युवराज खतिवडाले नै निरन्तरता पाउने समाचार सार्वजनिक भएपछि शेयर बजार घटेको हुनसक्ने शेयर विश्लेषकहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।