घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने ४ जना पक्राउ

 फागुन २०, २०७६ मंगलबार ८:३६:३८ | किरण लोहनी
unn.prixa.net

गोरखा – घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक समूहलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गएकाे माघ २५, २६ र फागुन ८ गते गाेरखाका विभिन्न ठाउँमा चोरीमा संलग्नलाई कावासोती नगरपालिका ३ काे सङ्गम चोकबाट गोरखा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको बारपाक घर भइ चितवनको रत्ननगर नगरपालिका ४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरकाे रानीबास गाउँपालिका २ का ५३ वर्षीय अमृत राना, बाराको निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका ४ का ४५ वर्षीय प्रदीप चौधरी रहेका छन् । गएकाे शुक्रबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

चोरीमा संलग्न समूहले माघ २५ गते गोरखा नगरपालिका ५ नाङलेपानीकी भुवानी आचार्यको घरबाछ सुनको रिङ, तिलहरी, मोबाइल र नगद ४० हजार रुपैयाँ लुटेका थिए । यस्तै माघ २६ गते हरमटारीकी सन्तुमाया रम्तेलको रिङ, ढुङ्ग्री र १२ सय रुपैयाँ पनि त्यही समूहले चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुले गएकाे फागुन ८ गते शहीद लखन गाउँपालिका ८ नाम्जुङकी जमुना बरामको कानमा लगाउने रिङ दुई थान, तिलहरी दुई थान र सुनको टिका एक थान लुटेका थिए ।

उनीहरुले नशालु पदार्थ मिसाएको पेयपदार्थ खुवाएर लुटपाट गरेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालाई डाँका चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया