कर वृद्धि घटाउन माग

 साउन १०, २०७५ बिहिबार ६:५५:५४ | रासस

काठमाडौं – नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । 

पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा बुधबार बसेको बैठकले हालै वृद्धि गरिएको विभिन्न शुल्क तथा करले सर्वसाधारण जनतालाई मार पर्ने हुँदा समाजवादी अर्थतन्त्र निर्माणको अवरोध पुग्ने बैठकले ठहर गरेको छ । 

मुलुकमा बढ्दै गएको बेरोजगारी र महँगीप्रति संवेदनशील भई बजार नियमन गरेर उपभोग्य वस्तु आपूर्तिलाई सहज र व्यवस्थित गर्न बैठकले सरकारलाई आग्रह गरेको छ । आन्तरिक सांगठनिक तथा समसामयिक राष्ट्रिय राजनीतिको समीक्षा गर्दै बैठकले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया