युवराज खतिवडा अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रीमा फेरि नियुक्त

 फागुन २१, २०७६ बुधबार ११:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युवराज खतिवडा फेरि पनि अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई फेरि पनि अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको कार्यकाल मंगलबार सकिएपछि उहाँँले म्गलबारै अर्थ मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

आज भने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । उहाँले बुधबारै दिउँसो ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया