रसुवाको टिमुरेमा पहिरो : चारजनाको मृत्यु, पाँचजना बेपत्ता

 साउन १०, २०७५ बिहीबार ८:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ । 

बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले तीन घरमा क्षति भएको छ भने पाँच वटा गाडी पनि नोकसानी भएको छ । 

टिमुरे पुग्ने सडकमा ठाउँ ठाउँमा पहिरो गएकाले घटनास्थलमा पुग्न कठिनाई भइरहेको उहाँले बताउनुभयो । अहिले डिएसपी तामाङसहितको टोली घटनास्थल पुग्दैछ । घटनाको थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया