कोरोनाको त्रासका कारण दिवस स्थगित

 फागुन २२, २०७६ बिहीबार ७:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – काेभिड–१९ अर्थात् कोरोना भाइरसको त्रासका कारण खोटाङमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको छ ।

विश्वभरि नै कोरोनाकाे सङ्क्रमण फैलिरहेको सन्दर्भमा महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशनअनुसार खाेटाङका १० वटा पालिकामा मनाउने तयारी गरिएको ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको हो ।

मन्त्रालयको पत्रअनुसार खाेटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेँलुखर्क गाउँपालिका लगायतका पालिकाले बुधबार छुट्टाछुट्टै सूचना निकाल्दै अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरेको जानकारी दिएको छ ।  

खाेटाङका हरेक पालिकाले मार्च ८ (फागुन २५ गते) आ–आफ्नो केन्द्रमा र्‍याली, सभालगायतका कार्यक्रम गर्दै दिवस मनाउने तयारी गरिरहेका थियो ।

विश्वका विभिन्न ठाउँमा कोरोनाको सङ्क्रमण फैलिरहेको र हजारौँ नागरिकको ज्यान लिइरहेको सन्दर्भमा सबै प्रकारका भेला, सभा, सम्मेलन, समारोहलगायतका कार्यक्रम स्थगित गर्न मन्त्रालयले गएकाे मङ्गलबार पत्राचार गरेको थियो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया