सरकार भन्छ- नआत्तिनुस्, ग्यासको अभाव भएको छैन

 फागुन २३, २०७६ शुक्रबार १५:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन सरकारले उपभोक्तालाई आग्रह गरेको छ । 

कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो । 

उहाँले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताउनुभयो । 

ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने पनि उहाँले बताउनुभयो । बजारमा दैनिक अनुगमन भैरहेकाले कालोबजारी र कृत्रिम अभाव हुन नदिने विभागको दाबी छ । बजारको अवस्थालाई हेरेर अनुगमन अझै बढाउने सरकारको तयारी छ । 

ग्यासको आवश्यकताभन्दा बढी स्टकमा राख्दा जोखिम बढ्ने भएकाले उपभोक्तालाई सचेत रहन सरकारले आग्रह गरेको छ । लामो समयसम्म ग्यास स्टकमा राख्दा सिलिण्डर पड्कने जोखिम धेरै हुने नेपाल आयल निगमले जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया