कोरोना पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको

बारम्बार साबुनपानीले हात धुँदा सङ्क्रमण हुनबाट बच्न सकिने !

 फागुन २४, २०७६ शनिबार ७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् ।

अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् । 

उनीहरुमध्ये ३५ हजार ९ सय ६४ जना सामान्य अवस्थामा रहेका र ६ हजार ४ सय १ जनाको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा इटालीमा थप ४७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ । 

बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया