नागरिक लगानी कोषले ब्याजदर बढायो (सूचिसहित)

 साउन १०, २०७५ बिहीबार ११:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नागरिक लगानी कोषले कर्मचारी तथा सञ्चायकर्ताको बचतको व्याज बढाएको छ । साउन १ गतेदेखि लागू हुने गरी ब्याज बढेको कोषले जनाएको छ । कोषका कर्मचारी बचतबृद्धि स्वीकृत अवकाश कोषका सहभागीलाई बचत रकममा नयाँ व्याजदर दिइनेछ ।

८० प्रतिशत सहभागी सापटी, आवास कर्जा र सरल कर्जामा सहभागीहरुबाट लिने व्याजदर बढाइएको कोषले जनाएको छ । सरकारले सञ्चालन गरेको नागरिक लगानी कोषले कर्मचारीलाई वचत वृद्धि कोषमा दिने र कर्जा सापटीमा लिने दुबैको ब्याजदर बढाएको हो।

कोषले कर्मचारीको सहभागी वचतमा रहेको ब्याजदर १ प्रतिशत बढाएर ७.५ प्रतिशत पुर्याएको छ । यसअघि कोषले कर्मचारी सहभागी बचतमा ६.५ प्रतिशत ब्याज दिँदै आएको थियो ।

कर्मचारीलाई दिने ८० प्रतिशत सहभागी कर्जा सापटीको ब्याजदर १ प्रतिशत बढाएर ९ प्रतिशत पुर्याएको छ । यसअघि यसको ब्याजदर ८ प्रतिशत थियो ।

यस्तै कर्मचारीलाई दिने आवास कर्जा ०.५ प्रतिशत बढाएर ९.५ प्रतिशत बढाएको छ । यसअघि ९ प्रतिशत थियो । सरल कर्जाको ब्याज पनि ०.५ प्रतिशत बढाएर १० प्रतिशत कायम गरेको कोषले जनाएको छ ।

निजामती र शिक्षक विमा कोष आयोजनाको ब्याजदर चाहिँ दुई, दुई प्रतिशत बढाएर ६.५० प्रतिशत पुर्याइएको कोषले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया