वेस्ट इन्डिजद्वारा श्रीलंकाविरुद्धको टी-२० सिरिज ‘क्लिन स्वीप’

 फागुन २४, २०७६ शनिबार ७:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजले सात विकेटको जित निकालेको छ ।

जितसँगै वेस्ट इन्डिजले दुई खेलको सिरिज क्लिन स्वीप गरेको छ । एक दिवसीय सिरिज जितेको वेस्ट इन्डिजले टी २० सिरिजपनि आफ्नो पोल्टामा पार्न सफल भयो ।

पालेकेलेमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो । उसका लागि दासन शनकाले सर्वाधिक ३१ रन बनाए । यस्तै एञ्जेलाे म्याथ्युजले २३ तथा थिसारा परेराले २१ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले १७ ओभरमा तीन विकेट गुमाउँदै एक सय ५८ रन बनायो । उसको जितमा शिमरोन हेतमायर र ब्रान्डोन किङले समान ४३–४३ रन बनाए । यस्तै एन्ड्रयु रसलले ४० तथा रोभमन पावेलले १७ रन बनाए ।

यसअघि पहिलो टी २० खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया