गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरसका विषयमा फैलिरहेको अनावश्यक भ्रममा नपर्न सरकारले आग्रह गरेको छ ।
आज विज्ञप्ती निकालेर गृह मन्त्रालयले भाइरसको सङ्क्रमण नेपालमा अहिलेसम्म पुष्टि नभएकोले अनावश्यक हल्ला र प्रचारबाजीको पछाडि नलाग्न आग्रह गरेको हो ।
सरकारले सङ्क्रमणबाट जोगिन उच्च सतर्कता अपनाएकोले अनावश्यक चिन्ता लिएर नबस्न पनि मन्त्रालयका प्रवक्ता एवं सह–सचिव केदारनाथ शर्माले आग्रह गर्नुभएको छ ।
यस्तै मन्त्रालयले हल्लाको पछि लागेर उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनै पनि प्रकारको हतार नगर्न पनि आग्रह गरेको छ । कसैले कालोबजारी, मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल र संचारमाध्यमले डर पैदा गर्ने खालका काम गरिरहेको पाइएकोले तथ्यपरक सूचना मात्रै प्रवाह गर्न पनि संचारमाध्यमलाई आग्रह गरेको छ ।
यसैबीच, होली पर्व नजिकिएसँगै भीडभाड र भेलामा जम्मा हुने, लोला फ्याक्ने, शरीरमा रंग र अबीर दल्नेलगायतका काम नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाडमा नहिँड्न, स्वास्थ्यमा ध्यान दिन र भोजभतेर, मेला र सम्मेलनलगायतका कार्यक्रम नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।