गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ ।
कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक वस्तुहरुको अभाव सिर्जना हुने भन्ने हल्ला चलाएर कालोबजारी गर्नेहरुको जानकारी सरकारलाई उपलब्ध गराउन मन्त्री लेखराज भट्टले आग्रह गर्नुभयो ।
शनिबार काठमाण्डौमा आयोजित साक्षत्कारमा बोल्दै मन्त्री भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन र चिनी लगायतका अत्यावश्यक वस्तु बजारमा प्रयाप्त रहेको र कसैले लुकाएर कालो बजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भारतले नेपालका लागि आवश्यक पर्ने औषधि सहज उपलब्ध गराउने जनाइसकेकोले कुनैपनि औषधिको अभाव नहुने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनैपनि वस्तुको अभाव नरहेको बताउनुभयो ।
अत्यावश्यक सामग्रीहरु बजारमा प्रशस्त रहेको भन्दै अग्रवालले कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न आग्रह गर्नुभयो । उपभोक्ताकर्मी प्रेमलाल महर्जनले कालोबजारी भइरहेका बेला सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाउनुभयो ।
उहाँले यस्तो बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाएर सरकारले उचित कारबाही गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरसका कारण बजारमा मास्क र पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै, भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।