गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - प्रधानन्त्री केपी शर्मा ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापी जारी राखिएको अस्पतालले जनाएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताएको छ । प्रधानमन्त्री ओलीको गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालले प्रधानमन्त्रीलाई ‘नर्मल’ खाना दिन थालिएको समेत जनाएको छ ।
उहाँलाई अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । उहाँका प्रमुख तथा ल्याब सूचकाङ्कहरु सामान्य अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।