प्रदेश ५ का प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन बेड तयार : सामाजिक विकास मन्त्रालय

 फागुन २७, २०७६ मंगलबार ८:४६:२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको बताएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसहितका मुख्य–मुख्य अस्पतालमा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको हो । दुई वटा क्याबिन आइसोलेशन बेडका रुपमा राखिएको र डाक्टर सुर्दशन थापालाई फोकल चिकित्सकको रुपमा चयन गरिएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

भेरी अञ्चल अस्पतालमा डाक्टर प्रकाश थापा, भैरहवा युनिभर्सल मेडिकल कलेज भैरहवामा डाक्टर नविनजङ्ग रायमाझी, देवदह मेडिकल कलेजमा डाक्टर सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डाक्टर दिपक भण्डारी र पाल्पा मिसन अस्पतालमा डाक्टर गजेन्द्र नेपालीलाई फाेकल चिकित्सककाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सदिक्षा योगी, पृथ्वीचन्द्र अस्पताल परासीमा डाक्टर पवन अग्रहरी, तौलिहवा अस्पतालमा डाक्टर गणेश क्षेत्री र नेपालगञ्ज मेडिकल कलेजमा डाक्टर सुन्दरजङ्ग शाहलाई फोकल चिकित्सकको रुपमा जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग सीमा जोडिएका जिल्लाहरुमा अझै बढी सर्तकता अपनाउनु आवश्यक ठानेर तयारी बढाइएको मन्त्रालयको भनाइ छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयलगायतले सभा, सम्मेलन र ठूला जमघट हुने कार्यक्रम नगर्न निदेशन जारी गरिसकेका छन् ।

भारतसँगको सीमा नाका भएर पनि सीमा नाकाहरुमा प्रयाप्त सर्तकता नअपनाइएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया