गाेरखाकाे साैरपानीमा जीप दुर्घटना, घाइते ४ जनाकाे हेलिकाेप्टरबाट उद्धार

 फागुन २७, २०७६ मंगलबार ११:४८:२१ | किरण लोहनी
unn.prixa.net

गोरखा – बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा मङ्गलबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

गम्भिर घाइते भएका चार जनालाई माउन्टेन एअरको हेलिकाेप्टरमार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाले जनाएको छ । गम्भीर घाइतेहरु १८ वर्षीया विमला गुरुङ, २० वर्षीया रमा गुरुङ, २३ वर्षीय विनोद गुरुङ र ३३ वर्षीय श्रीमान गुरुङलाई हेलिकाेप्टरबाट काठमाण्डौ पठाइएकाे गाउँपालिकाका लेखापाल गङ्गाबहादुर घलेले बताउनुभयो ।  

अन्य ९ जना घाइतेलाई उपचारका लागि गाउँपालिकाकाे जीप र एम्बुलेन्समार्फत गोरखा अस्पताल लगिएको उहाँले जानकारी दिनुभयाे ।

गोरखाको सौरपानीबाट गोरखा बजार आउँदै गरेको बा १५ च १०१६ नम्बरको बोलेरो जीप वारपाक सुलिकोट ४ को केउरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । उकालोबाट ब्रेक फेल भएर जीप झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया