काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सरकारले जथाभाबी रुपमा औषधि नबेच्न निर्देशन दिएको छ । पछिल्लो समय कोरोना भाइरस फैलने डरले उपभोक्ताले औषधि पनि भण्डारण गर्न थालेको पाइएको भन्दै सरकारले जथाभाबी औषधि नबेच्न निर्देशन दिएको हो ।
जथाभाबी खाइने औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले डाक्टरको सिफारिसबिना औषधि नबेच्न पनि औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिरामी पुर्जी तथा बिलबीजककाे परीक्षण गर्दा अनावश्यक रुपमा औषधि बेचेको पाइए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
यस्तै भारतले निर्यातमा रोक लगाएको भनिएका १३ प्रकारका औषधिका कच्चा पदार्थ तथा तयारी औषधि अभाव नरहेको र विकल्पमा औषधि पर्याप्त रहेकाले किनेर नथुपार्न पनि विभागले आग्रह गरेको छ ।
पछिल्लो समय ह्याण्ड स्यानिटाइजर (हात सफा गर्ने तरल पदार्थ), मास्क (मुखावरण) र औषधिको अभाव हुन नदिन उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता र खुद्रा बिक्रेतासँग छलफल भइरहेको पनि विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।