काेराेनाकाे सङ्क्रमण १ सय १९ देशमा, ६६ हजार उपचारपछि घर फर्किए

 फागुन २८, २०७६ बुधबार ११:४८:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगिसकेको छ । अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ । 

कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ । ८० हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएकोमा ६१ हजार चार सय ८९ उपचारपछि घर फर्किएका छन् । अझै १६ हजारभन्दा धेरैमा सङ्क्रमण यथावत छ । 

चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ । इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन् । 

कोरोनाको सङ्क्रमण बढेपछि इटलीमा देशभरिको नाका बन्द गरिएको छ र मानिसहरुलाई आपत्कालिन अवस्थाबाहेक हिँडडुल नगर्न भनिएको छ । 

सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ९१ पुगेको छ । अझै पाँच हजार २० जनामा सङ्क्रमण छ । अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन् । 

त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ । गएको पछिल्लो २४ घण्टामा दुई सय ४२ जना नयाँ सङ्क्रमित देखिएपछि सङ्क्रमितको सङ्ख्या सात हजार सात सय ५५ जना पुगेको छ । दुई सय ८८ जना निको भएर घर फर्किएका छन् । 

फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ । बेलायतमा स्वास्थ्य मन्त्री नदिना डोरीस पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ । 

चीनमा कोरोनाको सङ्क्रमण घट्दै गए पनि अन्यत्र बढ्दै जाँदा चिन्ता बढ्दै गएको छ ।   

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया