वैदेशिक अनुदान ८० प्रतिशतले बढ्यो : विदेशीले नेपाललाई दिने ऋण घट्दो

 फागुन २८, २०७६ बुधबार १८:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विदेशीले नेपाललाई दिने ऋण रकम घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा सरकारले विदेशबाट प्राप्त गर्ने ऋण ५२ प्रतिशतले घटेको छ । तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७५-७६ को सुरुको सात महिनामा नेपालले ४१ अर्ब ५८ करोड रुपैयाँ वैदेशिक ऋण पाएकोमा यो आर्थिक वर्षको माघसम्म जम्मा १९ अर्ब ८४ करोड रुपैयाँ मात्रै ऋण पाएको छ । यो ५२ प्रतिशतले कमी हो । 

तर वैदेशिक अनुदान भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले १३ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ८० प्रतिशतले धेरै हो ।  जबकि अघिल्लो वर्षको यै अवधि ७ अर्ब ५० करोड रुपैयाँ मात्रै वैदेशिक अनुदान आएको थियो । 

यो वर्ष सरकारले वैदेशिक अनुदान र ऋण गरी २ खर्ब ५० अर्ब १४ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गर्ने संशोधित लक्ष्य राखेको थियो । सरकारले माघ मसान्तसम्म १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायताकोे प्रतिबद्धता पाएको छ ।

यसमध्ये  ९३ अर्ब ८ करोड रुपैयाँ ऋण र १६ अर्ब २० करोड रुपैयाँ अनुदान सहयोग रहेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया