काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस (काेभिड–१९) लाई महामारी भनेर घोषणा गरिसकेको र 'प्याण्डेमिक' प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाइसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता रहेकाे औँल्याउनुभयो । सरकारले अहिले पनि संसद्लाई निरन्तर चलाइराख्न नहुने तर्क उहाँले गर्नुभयो । त्यसैगरी ठूलो भिड जम्मा हुने ठाउँहरुलाई तत्काल बन्द गर्न पनि उहाँले सुझाव दिनुभयो ।
समयमै सतर्कता अपनाउन नसके देशले ठूलो मानवीय क्षति बेहाेर्नुपर्ने भन्दै उहाँले यसतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, 'भिडभाड हुने ठाउँहरु जहाज, स्कुल, र बसमा सङ्क्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्याे । स्कुलहरु बन्द गर्नुपर्याे । यदी हामीकहाँ यो संक्रमणले भ्यायो भने हामीसँग राेक्नलाई केही पनि पूर्वाधार छैन । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसँग केही पनि छैन । सरकार के हेरेर बसेको छ ?'
त्यसैले सरकारले चाँडोभन्दा चाँडो संसद् पनि बन्द गर्नुपर्ने उहाँले धारणा राख्नुभयाे । साथै उहाँले विद्यालय पनि बन्द गर्नुपर्ने बताउनुभयाे । 'ती ठाउँ तत्काल बन्द नगरिए त्यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने सम्भावना छ', उहाँले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
prakash upadhaya
March 12, 2020, 1:22 p.m.संसदमा यतिकै पनि आधाभन्दा बढी सदस्यहरुको उपस्थित हुन्न । फेरी किन बन्द गर्नु परो ?। यसै पनि बन्दै जसाे छ ।