संसदमा कोरोना बहस : कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह

 फागुन २९, २०७६ बिहीबार १४:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसदहरुले कोरोना भाइरसकाे त्रास फैलिरहेकाे समयमा माैका छाेप्दै कालाेबजारी गर्नेलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरुले कोरोना सङ्क्रमणको जोखिम बढेको अवस्थामा कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले भाइरसको सन्त्रास फैलिरहेको समयमा मौका छोपेर कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभयो  । 

यस्तै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पनि कोरोना सङ्क्रमणलाई नेपाल भित्रिन नदिने रणनीति तयार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । अन्तर्राष्ट्रिय आवागमनमा नेपालले अहिलेसम्म कुनै पनि रोक नलगाएकोप्रति उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयो । 

नेपाल सरकारका मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएर जनतालाई त्रसित पार्ने काम गरिरहेको भन्दै उहाँले स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबारे सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रीले सरकार अहिले तयारी अवस्थामा छैन । आफैँले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । क्वारेण्टाइनमा एक्लै बस्नुपर्छ भन्ने सन्देश प्रवाह हुँदा त्रसित बनाएको छ ।'

त्यसैगरी सांसद डिला संग्रौला पन्तले विश्वभर नै कोरोना भाइरसको त्रास फैलिएको र धेरै देशले आवश्यक सर्तकता अपनाइरहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको आराेप लगाउनुभयाे । 

कोरोना सङ्क्रमणको त्राससँगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाइजरलगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया