कोरोना त्रास : भारत र दक्षिण अफ्रिकाबीचकाे एक दिवसीय रद्द, आईपीएल पनि सर्‍याे

 फागुन ३०, २०७६ शुक्रबार २०:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन् । यसअघि बन्द रंगशालामा खेलाउने बताइए पनि अन्तिम समयमा दुवै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेको छ ।

यी २ टिमबीचको पहिलो खेल ‍वर्षाका कारण टस नै नभइ रद्द भएको थियो । बाँकी २ खेलमा कोरोनाको संक्रमणलाइ मध्यनजर गरेर विना दर्शक खेलाउने बताइएको थियो ।

तर यतिबेला लखनउ र इडेन गार्डेनमा हुने खेल रद्द गरिएको छ । सिरीज रद्द भएपछि दक्षिण अफ्रिकाको टिम स्वदेश फर्किने भएको छ ।

बीसीसीआईले कोरोनाको त्रासका कारण आईपीएल पनि १७ दिन पछाडि सारेको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया