बुटवल, दाङ र बाँकेमा क्वारेण्टाइन राखिने, ८९ आइसोलेशन बेड तयार

 चैत २, २०७६ आइतबार ९:२२:१३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएकाे छ । बुटवलकाे बुटवल धागो कारखाना, दाङकाे बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । 

क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ।सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् । 

प्रदेश ५ का ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताउनु भयो ।प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल र चार वटा मेडिकल कलेज रहेका छन् । प्रदेश नम्बर ५ मा भारतसँग सीमा जोडिएका नाकाहरुमार्फत आवतजावत गर्नेहरुलाई हेल्थ डेस्कमा राखेर परीक्षण गर्न सुरु गरिएकाे छ  ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने रुपन्देहीको बेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयको भनाइ छ । 

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले अहिलेसम्म प्रदेश ५ मा २ वटा केस शंकास्पद देखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमध्ये १ जनामा नेगेटिभ देखिएको र अर्को एक जनाको रिर्पोट आउन बाँकी रहेको बताउनु भयो । 

उहाँले क्वारेण्टाइन र आइसोलेशन भन्ने शब्दावलीलाई आतंकित पार्ने सूचनाको रुपमा प्रवाह नगर्न र आवश्यक सूचना तोकिएको व्यक्तिमार्फत मात्रै लिन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया