'सङ्क्रमित लामखुट्टेका कारण डेङ्गीको सङ्क्रमण चाँडै देखियो'

 चैत २, २०७६ आइतबार १५:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिलेको सङ्क्रमित लामखुट्टेले पारेको अण्डाका कारण यो वर्ष चाँडै नै डेङ्गीको सङ्क्रमण देखिएको डाक्टरले बताएका छन् ।

यो वर्ष पानी परिरहेको र गएको वर्ष सङ्क्रमित भएको अण्डा पानीको सम्पर्कमा आएकाले मानिसमा चाँडै नै रोगको सङ्क्रमण देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

लामखुट्टेकाे अण्डा एक वर्षसम्म नष्ट नहुने र पानीको सम्पर्कमा आउने बित्तिकै लार्भा उत्पादन हुने भएकोले यसले कुनै मौसम पर्खेर नबस्ने महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाशप्रसाद साहले उज्यालोलाई जानकारी दिनुभयो । सङ्क्रमणबाट बच्न नजिकै रहेका झाडीहरु नष्ट गर्न र खाल्डाखुल्डी पुर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएको वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण देखिएको र यो वर्ष पनि चाँडै नै यसको लक्षण देखा परेकोले उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । 

एडिस एजेप्टाइ र एई अल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग अहिले प्रकोपको रुपमा देखिएको छ । पुसकाे दाेस्राे हप्तादेखि गएकाे शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया