साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – सरकारले अति आवश्यक कामबाहेक अरु समयमा नाकामा आवात जावत बन्द गर्नेसम्मको रणनीति अपनाउने भएको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण नेपाल प्रवेश गर्न नदिन नाकामा आवात जावात बन्द गर्ने रणनीति अपनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले टेकु अस्पतालमा भए जस्तै सात वटै प्रदेशमा परीक्षण प्रयोगशाला बनाउने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्दा ढिलाइ हुने भएकाले फास्ट ट्र्याकमार्फत मास्क (मुखावरण) लगायत आवश्यक सामग्री किन्ने निर्णय पनि गरेको छ ।
सङ्घ, प्रदेश र पालिकाबीचको छलफललाई नियमित गर्ने र आपूर्तिलाई पनि सहज बनाउने निर्णय भएको बैठकमा सहभागीहरुले बताएका छन् ।
बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीले कोरोना सङ्क्रमणको आवश्यक व्यवस्थापनका लागि केन्द्र सरकारलाई नै पहल गर्न आग्रह गरेका थिए । अहिलेसम्म अवस्था ठिकै रहेको तर सङ्क्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुनेतर्फ मुख्यमन्त्रीहरुले केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्रीहरुले सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक औषधि तथा अन्य सामग्रीको खरिद प्रक्रिया सहज बनाउन पनि सुझाएका छन् । बैठकमा समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित मन्त्रीहरु, ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रालयका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
सरकारले कोरोना भाइरसबारे कार्ययोजना बनाउन सातै वटै प्रदेशका मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीलाई पनि काठमाण्डाै बोलाएको हो । बैठकमा गण्डकी र प्रदेश २ का मुख्यमन्त्री भने सहभागी हुनुभएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।