कोरोनाविरुद्ध लड्न सार्क देशले आपत्कालीन कोष बनाउने, भारतले दियो १० मिलियन डलर

 चैत २, २०७६ आइतबार १८:३६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले 'कोभिड–१९' आपत्कालीन कोष बनाउने भएका छन् ।

आइतबार भएको संयुक्त भिडियाे कन्फ्रेन्समा भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले कोभिड–१९ आपत्कालीन कोष बनाउन प्रस्ताव गर्नुभएको हो । उहाँले कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर जम्मा गर्ने घोषणा गरे ।

यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताए । उनले कोरोनासँग लड्न भारतले र्‍यापिड रेस्पोन्स टिम बनाएको र आवश्यक परेमा अरु देशलाई पनि अनलाइन ट्रेनिङ दिइने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे प्रस्तावमा प्रतिबद्धता जनाउनुभएकाे छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया