डाक्टर भन्छन्-काेराेनाबाट जाेगिन दिनमा दुई पटक माेबाइल सफा गर्नुहाेस्

 चैत ३, २०७६ सोमबार ८:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे । 

तर हातसँगै धेरैजसो समय हातमा हुने मोबाइल फोन पनि सफा गरिरहन डाक्टरहरुकाे सुझाव छ । मोबाइल सफा गर्नका लागि सामान्य साबुन पानी र नरम कपडाकाे प्रयोग गर्न सकिने डाक्टरले बताएका छन् । 

विभिन्न रसायनकाे प्रयोग गर्दा मोबाइलको स्क्रीन बिगार्न सक्ने भएकोले सामान्य साबुनपानी प्रयोग गर्न प्राविधिकले सुझाव दिएका छन् । मोबाइलकाे खोल निकाली सफा गरेर सुक्खा नरम कपडाले पुछ्न प्राविधिकको सुझाव छ । दैनिक एक/दुई पटक मोबाइल फोन सफा गर्न र हात भने बारम्बार धुन डाक्टरको सुझाव छ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया