पश्चिमी वायुको सामान्य प्रभाव : कोशी र गण्डकी प्रदेशका पहाडी ए...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको सङ्क्रमण फैलिने संभावना उच्च भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले खुल्ला सिमानाका कारण भारतबाट कोरोना फैलिने जोखिम उच्च भएको निष्कर्ष निकालेको हो । बैठकमा पूर्व तयारी र प्रतिकार्य योजनासम्बन्धमा छलफल भएको थियो।
भारतमा तीव्र रुपमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा भित्रन सक्ने भन्दै सीमा नाकामा हुने जाँचलाई कडाइ गर्नुपर्ने बैठकको निष्कर्ष छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजना बनाइने जानकारी दिनुभयो ।
गृहमन्त्रालयले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अफवाह फैलाउने र अनावश्यक प्रचार गर्नेलाई १ लाख जरिबाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ ।
धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने तयारी गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।