विदेशमा रहेका नेपालीलाई सरकारले भन्यो - जहाँ हुनुहुन्छ, त्यहीं सुरक्षित बस्नुहाेस्

 चैत ६, २०७६ बिहीबार १७:३७:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा रहेका नेपालीलाई सरकारले आफू भएकै देशमा सुरक्षित रहन र स्वास्थ्य समस्या भएमा त्यहीं उपचार गराउन अनुरोध गरेको छ ।

शुक्रबार रातीदेखि मलेसिया, खाडीका ६ देश, दक्षिण कोरिया, जापान र यूरोपमा रहेका नेपाली स्वदेश फर्किन नपाउने भएकाले सरकारले ती देशमा रहेका नेपालीलाई सुरक्षित रहन र स्वास्थ्य समस्या आएमा आफू कार्यररत देशमै उपचार गराउन अनुरोध गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले संसारभरीको अवस्था हेरेर प्रतिबन्ध खुल्ने या फेरि थप्ने भनेर निर्णय हुने भएकाले त्यतिञ्जेलसम्म प्रतिबन्धित देशबाट स्वदेश फर्किन नपाउने बताउनुभयो ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड - १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रीसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको छ ।

शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन पाउने छैनन् । तर सरकारको यो निर्णयप्रति विदेशमा कार्यरत श्रमिकले असन्तुष्टि जनाएका छन् । कम्पनीले भिसा रद्द गरेको, पासपोर्टमा लागेको भिसा अवधि पनि सकिनै लागेको अवस्थामा के गर्ने भनेर धेरै नेपाली श्रमिकले प्रश्न गरेका छन् ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Avi aasu

    March 19, 2020, 6:45 p.m.

    How could decide politician about our future and rights to come our nation ,the nation belong to politician we knows but foreigner neplise dont know we are there servents this is ridiculous

  •  0 Reply

तपाईको प्रतिक्रिया